अब वार्ताका लागि बालुवाटार धाउनुको कुनै औचित्य छैन : प्रचण्ड

अब वार्ताका लागि बालुवाटार धाउनुको कुनै औचित्य छैन : प्रचण्ड

 काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर बालुवाटार नआउने बताएका हुन्। ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए।

एक नेताले भने, ‘उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ।’ पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए। तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए। 

स्रोतका अनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एक स्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए। आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए।

 

- २० कार्तिक २०७७, बिहीबार १५:०७ मा प्रकाशित