ओली–नेपाल सवा ३ घण्टा वार्ता, कुनै सहमति भएन

ओली–नेपाल सवा ३ घण्टा वार्ता, कुनै सहमति भएन

काठमाडौं। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म भएका भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराकानी भएको नेताहरुले बताएका छन्।

नेता नेपालसँगै बालुवाटार गएका स्थायी समिति सदस्य भीमबहादुुर रावलले पार्टीभित्र उत्पन्न समस्या के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही नभएको बताए।
समस्या समाधान गरौँ भन्नेमा सवैको राय रहेको थियो।

शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच कटुतापूर्ण सवालजवाफ भएको थियो।

प्रचण्डसँग यस्तो सवाल जवाफ भएको भोलिपल्ट नेता नेपाल लगायतका नेताहरुसँग ओलीले भेटवार्ता गरेका हुन्।

- २३ कार्तिक २०७७, आईतवार १७:०४ मा प्रकाशित