सरकारले बंगलादेशसँग मल किन्ने, कारखाना खोल्ने तयारी

सरकारले बंगलादेशसँग मल किन्ने, कारखाना खोल्ने तयारी

काठमाडौँ।  सरकारले बंगलादेशसँग मल किन्ने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्नका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।

सुरूमा बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने सहमति भएको थियो। तर बंगलादेशले पैंचो नदिएपछि सरकारले किन्ने निर्णय गरेको हो।

समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन्। अब ल्याउन लागिएको मल भने गहुँका लागि हो।

मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ। मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

- २५ कार्तिक २०७७, मंगलवार १४:०५ मा प्रकाशित