पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ सय ११ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ। मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ।

- २८ कार्तिक २०७७, शुक्रबार १६:५० मा प्रकाशित