आज महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती, प्रधानमन्त्रीद्धारा शुुकामना

आज महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती, प्रधानमन्त्रीद्धारा शुुकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। देवकोटाको  १ सय १२ औँ जन्मजयन्तीको अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

प्रधानमन्त्री ओलीले यही अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषीमा शुभकामनासमेत व्यक्त गरेका छन्।

नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्तीको पावन अवसरमा महाकविप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। यस अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले महाकवी देवकोटालाई सम्झँदै  १ सय १२ औँ जन्मजयन्ती मनाउँदै छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज परेको जन्मजयन्तीमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देवकोटाको १ सय १२ औँ जन्मजयन्ती परेको छ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन भएको थियो

- २९ कार्तिक २०७७, शनिबार ०९:०३ मा प्रकाशित