डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने, प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने, प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गरेका छन्।

कोरोना संक्रमित डा. केसीको प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

साथै डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

डा. केसीलाई हिजो शुक्रबार कोरोना पुष्टि भएको थियो। महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ।

- २९ कार्तिक २०७७, शनिबार १३:०४ मा प्रकाशित