आज देशभर थप १९४६ जनामा कोरोना पुष्टि

आज देशभर थप १९४६ जनामा कोरोना पुष्टि

काठमाडौँ। आज देशभर थप १९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ८ हजार २९९ पुगेको छ। यस्तै हालसम्म देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित संक्रमित रहेका छन्।

अहिलसम्म १ लाख ७० हजार ६३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

- २९ कार्तिक २०७७, शनिबार १७:५३ मा प्रकाशित