तिहारले देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिलोस्ः भट्टराई

तिहारले देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिलोस्ः भट्टराई

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

तिहारको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ बढाउँदै शान्ति तथा सामाजिक स्थायित्व कायम होओस् भन्ने चाहना उनले व्यक्त गरेका छन्।

नेकपाका नेता समेत रहेका भट्टराईले देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री भट्टराईले सबै जातजाति र धर्मावलम्बीहरुको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई मालाजस्तै गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छन्। रासस

- २९ कार्तिक २०७७, शनिबार १७:५७ मा प्रकाशित