सुआरेज बार्सिलोनाविरुद्धको खेल खेल्न असमर्थ

Bichar Desk 3
Football, खेलकुद
सुआरेज बार्सिलोनाविरुद्धको खेल खेल्न असमर्थ

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले एटलेटिको म्याड्रिड र बार्सिलोना बिच खेलीने शनिबारको स्पेनिस ला लिगाको खेलमा सहभागी हुन असमर्थ हुने भएका छन्।

सुआरेजलाई कोरोना भाइरसको संक्रमण भएसँगै उनले खेल गुमाउने पक्का भएको हो। उरुग्वेको फुटबल महासंघले सुआरेजसँगै टोलीका अन्य दुई सदस्यलाई कोरोना संक्रमण भएको जनाएको छ। सुआरेजलाई संक्रमण भएपनि कुनै लक्षण देखा परेको छैन।

उरुग्वेले मंगलबार नै विश्वकप छनोट अन्तर्गत ब्राजिलको सामना गर्दैछ जुन खेल सुआरेजले गुमाउने भएका छन् । सुआरेजले यो खेलसँगै शनिबार ला लिगामा हुने बार्सिलोनाविरुद्ध खेल पनि गुमाउने भएका छन्। सुआरेज यसै सिजनको सुरुवातमा बार्सिलोना छाडेर एटलेटिको मेड्रिड आएका थिए।

- २ मंसिर २०७७, मंगलवार १४:०२ मा प्रकाशित