उपत्यकामा भिडभाड गरेर छठ पर्व मनाउन नपाईने

उपत्यकामा भिडभाड गरेर छठ पर्व मनाउन नपाईने

काठमाडौं। उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ।

कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो।

जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो।

स्वास्थ्य मापदण्ड पालना गरेर सीमित रुपमा पर्व मनाउनुपर्ने बताए अधिकारीहरुले बताएका छन्।

- २ मंसिर २०७७, मंगलवार १५:२७ मा प्रकाशित