आज छठ पर्वको दोस्रो दिन अर्थात “नहाइ–खाय”

आज छठ पर्वको दोस्रो दिन अर्थात “नहाइ–खाय”

काठमाडौँ। दसैँ तिहार सकै लगतै तराई मधेशमा छठको तयारी शुरु भएको छ। दसैँपछिको सबभन्दा ठूलो पर्वको रुपमा छठलाई लिइन्छ। अहिले तराई मधेश हुँदै हिमालसम्म पुगेको छ। तराई मधेशमा हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व अन्य धर्मका व्यक्ति तथा समुदायले पनि मनाउन थालेका छन्।

छठ पर्व हिजैदेखि विधि पूर्वक शुरु भएको छ। मंगलवार पहिलो दिनलाई “माछ मरुवा (कोदो)” नखाने दिनको रुपमा मनाइएको छ भने दोस्रो दिन अर्थात आज भक्तालुहरुले नुहाएर चोखो भइ मात्र खाने गरिन्छ जसलाई “नहाइ–खाय” भनिन्छ। छठ पर्वमा उपवास बस्ने वर्ताले आजको दिन नङ काट्ने, नुहाउने र चोखो भएर वर्तको संकल्प लिएर छठ पर्वको शुरु गर्ने चलन रहेको देखिन्छ।

भोलि अर्थात तेस्रो दिन पञ्चमी तिथिका दिन वर्तालु दिनभरि उपवास बस्ने र साँझ सख्खर हालेको खीर पकाएर चढाएर पूजा गरिन्छ। वर्तालुले त्यही खाएर त्यसको भोलिपल्ट उपवास बसेर साँझ जलासयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। साँझको पूजा सम्पन्न गरेपछि त्यसको भोलिपल्ट अर्थात् उदाउँदो सूर्यको पूजा गरी छठ पर्व सम्पन्न गरिनेछ।

- ३ मंसिर २०७७, बुधबार १०:१७ मा प्रकाशित