‘सर्वाधिक कठिन समय’: मन्त्री भट्टराई

‘सर्वाधिक कठिन समय’: मन्त्री भट्टराई

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र किचलो बढेको छ। पार्टी फुटको संघारमा पुगेको विश्लेषणसमेत गर्न थालिएको छ।

यही बीचमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि द्वन्द्व बढेको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले आजको लागि डाकिएको बैठक सार्न आग्रह गर्दा प्रचण्ड पक्षका नेताहरुले मानेका छैनन्। दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठककै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बोलाएका छन्।

यसअघि सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो। यसले पनि प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्न लागि परेका देखाउँछ। यता पर्यटनमन्त्री योगेश भट्टराईले आजको समयलाई एकदमै कठिन समयमा रुपमा लिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, सर्वाधिक कठिन समय।

नेकपा विवाद सतहमा छतछुल्ल भए पनि शीर्ष नेताहरु भने समाधान खोज्न लागि रहेका छन्।

- ३ मंसिर २०७७, बुधबार १०:३३ मा प्रकाशित