अर्थमन्त्री विष्णु पौडेल र वामदेव गौतमबीच भेटवार्ता

अर्थमन्त्री विष्णु पौडेल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं। अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ। ।

पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेका हुन्।

यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेका थिए।

केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ। नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

- ३ मंसिर २०७७, बुधबार ११:२१ मा प्रकाशित