
काठमाडौँ। बुधबार जङ्गी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।
- ३ मंसिर २०७७, बुधबार १८:३० मा प्रकाशित