छठपर्वको तेस्रो दिन आज खरना मनाइँदै

छठपर्वको तेस्रो दिन आज खरना मनाइँदै

महोत्तरी। छठपर्वको तेस्रो दिन आज खरना मनाइँदैछ।आस्था र निष्ठापूर्वक घरघरमा मनाइने छठपर्वको तेस्रो दिन मिथिलाञ्चलमा आज बेलुका खरना मनाउने गरिन्छ।

दिनभरि निराहार उपवास बस्ने व्रतालु बेलुका घरमा सख्खर र खिर चढाएर खरना पर्व मनाउने गर्छन्। आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि, ताल या पोखरीको किनार तथा सडक सफा गर्ने, घाँस खुर्किने र पानीलाई सफा गर्ने चलन छ।

त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्घ भन्ने गरिन्छ। भोलि व्रतालु निराहार व्रत बसेर घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाइ प्रकारहरु, नैवेद्य, फलफूल सामग्री, नरिवल, केरालगायतका पूजा सामग्रीसहित बेलुका नजिकै रहेको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ।

छठको अन्तिम दिन बिहान उदाँउदो सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने गरिन्छ।

- ४ मंसिर २०७७, बिहीबार ११:२० मा प्रकाशित