क्यानद्वारा एनपिएल (Nepal Premier League) भारतीय कम्पनीलाई दिने प्रस्ताव

Bichar Desk 3
Cricket, खेलकुद
क्यानद्वारा एनपिएल (Nepal Premier League) भारतीय कम्पनीलाई दिने प्रस्ताव

४ मंसिर, काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन–३ स्पोर्टस् प्रा.ली. लाई दिने प्रस्ताव राखेको छ।

बुधबार क्यानको वार्षिक साधरण सभामा भारतीय कम्पनी सेभेन–३ स्पोर्टस प्रा.लीलाई १० वर्षका लागि ४० करोड रुपैयाँमा बेच्ने प्रस्ताव गरिएको थियो जसमा साधरण सभामै केहि प्रतिनिधिहरुले विरोध जनाएका थिए।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बारा जिल्लाका प्रतिनिधिको रुपमा सभामा रहेका पवनकुमार अग्रवालले एनपिएल आयोजना भारतीय कम्पनीलाई दिने प्रस्ताव भएको जानकारी दिनु भयो।

- ४ मंसिर २०७७, बिहीबार १२:४५ मा प्रकाशित