पत्रकार गोकर्ण गौतमको निधन

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं। पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

मकवानपुरका गौतमले काठमाडौं बसेर पत्रकारिता गर्दै आएका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्।

- ४ मंसिर २०७७, बिहीबार १३:४३ मा प्रकाशित