नेदरल्यान्ड्सको जित, पोल्यान्ड पराजित

Bichar Desk 3
Football, खेलकुद
नेदरल्यान्ड्सको जित, पोल्यान्ड पराजित

एजेन्सी – स्टेडियम स्लास्कीमा बुधबार राति भएको खेलमा मेम्फिस डिपाए र जर्जिन्हो वाइनाल्डमको गोलमा नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–१ ले हराएको छ।

पोल्यान्डका कामिल जोजवियाकले खेलको छैटौ मिनेटमा गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाउन सफल भएका थिए।

खेलको ७७औं मिनेटमा नेदरल्यान्ड्सले पाएको पेनाल्टीमा डिपाएले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याय।

खेलको ८४औं मिनेटमा वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को जित दिलाउन सफल भए।

यो जितसँगै लिग ए १ मा नेदरल्यान्ड ११ अंक जोडेर दोस्रो स्थानमा रह्यो र इटाली शीर्षस्थानमा रहँदै नेसन्स लिगको अन्तिम चारमा पुग्न सफल भयो।

- ४ मंसिर २०७७, बिहीबार १४:११ मा प्रकाशित