इंग्ल्यान्डले आइसल्यान्डमाथि सानदार जित

Bichar Desk 3
Football, खेलकुद
इंग्ल्यान्डले आइसल्यान्डमाथि सानदार जित

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले आइसल्यान्डमाथि ४–० को बिशाल जित निकालेको छ।

वेम्वली स्टेडियममा बुधबार राति भएको खेलमा इंग्ल्यान्डले खेलको २०औं मिनेटमा डिक्लन राइसको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे।

५४औं मिनेटमा आइसल्यान्डका बिर्किर साभर्सनले रातो कार्ड पाएर मैदान बाहिर जान वाध्य भय।

खेलको ८०औं मिनेटमा टोरेसले जाडोन सन्चोको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ३–० को मजबुत अवस्थामा पुर्याय। ८४औं मिनेटमा फेरी ह्यारी विङ्सको पासमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० को सरल जित दिलाए।

यो जितसँगै लिग ए २ मा इंग्ल्यान्डले ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा समुह चरणको अन्त्य गर्यो।

- ४ मंसिर २०७७, बिहीबार १४:४१ मा प्रकाशित