धुन सम्राट बिबि अनुरागीको रचना संगीतमा रवि ओडको “म एकदिन” (भिडियोसहित)

धुन सम्राट बिबि अनुरागीको रचना संगीतमा रवि ओडको “म एकदिन” (भिडियोसहित)

काठमाडौँ। गायक रवि ओडको “म एकदिन” गीत सार्वजनिक भएको छ। धुन सम्राट बिबि अनुरागीको शब्द रचना,संगीत रसंगीत संयोजनमा उक्त गीत बिबि अनुरागी युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो।

गीतमा जिन्दगीका भोगाई उतारचडावहरुलाई समेटिएको छ। भने आफ्ना दुखका सुखका क्षणमा आमा बुबालाई स्मरण गरिएको भन्ने भाव स्पष्ट बुझिन्छ। गीतमा संघर्षले भरिएको जिवनको कहानी सुनाउदाँ मन भक्कानिएको  भाव देखाइएको छ।

गीतले काँडै काँडाको बाटो छिचोलेर सफलताको फुल चुम्न सफल कैयौं “रवि ओड”हरुको कथा बोकेको छ। कठोर चट्टानमा बाटो खोपेर गन्तव्यको यात्रामा तल्लीन कैयौं “बिबि अनुरागी” हरुको कथा बोकेको छ। यो गीतले समग्रमा नेपालीहरुको नियति समेटिएको धुन सम्राट अनुरागीले बताए।

उत्कृष्ट संगीत र जादुमय स्वरले गीत सुनिरहुँ लाग्ने निकै उत्कृष्ट बनेको छ। प्रिज्म डिजिटल, काठमाडौंमा रेकर्ड भएको यस गीतको मिक्सिङ शुकुराम रसाइली र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन।

यस गीतको छायांकनमिराज अर्याल रताराकान्त बि क (हरि)ले गरेका हुन भने म्युजिक भिडियो सप्पादन पनि ताराकान्त बिकले नै गरेका हुन।

गितको भिडियोमा रवि ओड,बिबि अनुरागी ,शुकुराम रसाईली,भुवन गन्धर्व, गोपालदेव, कमल कुमार बिक,शिक्षा रसाईली र सुवास बिस्वकर्मालाई देख्न सकिन्छ।

- ४ मंसिर २०७७, बिहीबार १५:२१ मा प्रकाशित