शुक्रबार सुनको मूल्यमा गिरावट, कति छ तोलाको?

शुक्रबार सुनको मूल्यमा गिरावट, कति छ तोलाको?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। आज सुन ४०० रुपैयाँले घटेको हो। विहिबार पनि ७०० रुपैयाँ घटेको थियो।

सुन गत हप्ता घटबढ भइ नै रहेको थियो। कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन विहीबार ७०० ले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० सय कायम रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

- ५ मंसिर २०७७, शुक्रबार ११:३५ मा प्रकाशित