नक्कली परेला लगाउँदा आँखाको ज्योतिनै गुम्यो

नक्कली परेला लगाउँदा आँखाको ज्योतिनै गुम्यो

काठमाडौं। अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ।सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन्। तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् ।यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ।

ब्राजिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन्।

एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो।

नेपालमा पनि पातलो र छोटो परेला हुनेहरु युवतिहरु आईलेसेस (नक्कली परेला) लगाएर सुन्दर देख्न चाहन्छन्।

सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन्। केहीले परेला टाँस्न प्रयोग हुने गम आँखामा परेको कुरा महिलाहरुको गोप्य ग्रुपहरुमा सेयर भइरहेको हुन्छ।

यसर्थ यो घटनाबाट पाठ लिई आईलेसेस (नक्कली परेला) प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

- ५ मंसिर २०७७, शुक्रबार ११:५१ मा प्रकाशित