सर्जियो रामोस तिन खेल गुमाँउदै

Bichar Desk 3
Football, खेलकुद
सर्जियो रामोस तिन खेल गुमाँउदै

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले आगामी तीन खेल नखेल्ने भएका छन्।

ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने घोषणा भएको क्लबले बताएको छ। रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल खेल्न असमर्थ हुने भएका हुन्।

रामोसले युइएफए नेसन्स लिगको समूह चरणको जर्मनीविरुद्धको खेलमा दायाँ खुट्टामा चोटिल भएका थिए।

- ५ मंसिर २०७७, शुक्रबार १२:०६ मा प्रकाशित