नेपाली फुटबल टोली स्वदेश फिर्ता

Bichar Desk 3
Football, खेलकुद
नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं – बंगलादेशसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ।

टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए। नेपालले ढाकामा दुई मैत्रीपुर्ण खेल खेल्दा एक खेल २–० ले पराजित हुन पुगेको थियो भने अर्को खेल गोलरहित सम्पन्न भएको थियो।

कतार विश्वकप २०२२ को छनोट र एसियन कपको दोस्रो चरण खेलिरहेको नेपालले थप तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। छनोटमा नेपालले अब अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग ३ घरेलु खेल खेल्न बाँकी रहेको छ।

- ५ मंसिर २०७७, शुक्रबार १२:३२ मा प्रकाशित