नेसन्स लिगको अन्तिम चरणका खेल इटालीमा

Bichar Desk 3
Football, खेलकुद
नेसन्स लिगको अन्तिम चरणका खेल इटालीमा

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेल समापन भएसँगै अन्तिम चरणमा पुग्ने टोलीको तुङो लागेको छ। यससँगै लिगको घटुवा र बढुवा हुने टोलीको पनि फैसला भएको छ।

लिग ए को चार समूहमा रहेका शीर्ष ४ टोलीले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। इटालीले समूह ए१ मा जित हासिल गरेपछि अन्तिम चरण आयोजना गर्ने जिम्मेवारी पाएको टिम हो। इटालीसँगै उपाधिका लागि फ्रान्स, स्पेन र बेल्जियमले भिड्नेछन्। प्रतियोगिताको अन्तिम चरण सन् २०२१ को अक्टोबरमा खेलिनेछ।

- ५ मंसिर २०७७, शुक्रबार १३:०६ मा प्रकाशित