गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पोखराका मात्रै ६ जना रहेका छन्।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।

 

- ५ मंसिर २०७७, शुक्रबार १४:१२ मा प्रकाशित