एमबीएस परीक्षा मंसिरको अन्तिमबाट सुरु

Bichar Desk 3
शिक्षा
एमबीएस परीक्षा मंसिरको अन्तिमबाट सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बताएको छ।

- ५ मंसिर २०७७, शुक्रबार १४:३३ मा प्रकाशित