नेपाल आयल निगमको ट्यांकरबाट पेट्रोल चोरी

नेपाल आयल निगमको ट्यांकरबाट पेट्रोल चोरी

काठमाडौं । ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर बनाएर पेट्रोल चोरी गर्ने गरेको पत्ता लागेको छ। भारतको बरौनीबाट काठमाडौंको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरले यसरी पेट्रोल चोरी गर्ने गरेको नेपाल आयल निगमले बताएको छ।

वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरमा नियम विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। ‘स्थायी रुपमै वेल्डिङ गरी ट्यांकरमा नयाँ च्याम्बर बनाएर चोरी गरेको भेटिएको छ, कारबाही अघि बढाएका छौं,’ पौडेलले भने।

प्रारम्भिक अध्ययनमा एउटा ट्यांकरले एक पटकमा झण्डै एक लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको उनको आशंका छ।

- ५ मंसिर २०७७, शुक्रबार १५:२३ मा प्रकाशित