चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउदैँ

चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउदैँ

काठमाडौँ। यही नोभेम्बर महिनाभित्रै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आउने लगभग तय भएको छ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने सूचना चिनियाँ उच्चस्तरीय भ्रमणसम्बन्धी तयारी गरिरहेका नेपाल र चीनका उच्च अधिकारीहरुलाई उद्धृत गर्दै एक सरकारी अधिकारीले जानकारी दिएका थिए। वेइ चीनका स्टेट काउन्सिलर पनि हुन्।

चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिवसीय नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीको नेपालमा भ्रमण हुन लागेको हो।

छिमेकी भारतले भने एकपछि अर्को सरकारी अधिकारीहरु नेपाल भ्रमणमा पठाइरहेको छ। भारतीय विदेशसचिव हर्षबर्द्धन स्रिङ्ला नोभेम्बर २६ मा दुईदिने भ्रमणका लागि नेपाल आउने भएका छन्।

- ५ मंसिर २०७७, शुक्रबार १६:०० मा प्रकाशित