चिनियाँ पर्यटक नेपाली पर्यटनको आधार हुन्: पर्यटनमन्त्री

चिनियाँ पर्यटक नेपाली पर्यटनको आधार हुन्: पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन्।

शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने दौरानसमेत चिनियाँ पर्यटकबाट बढी अपेक्षा गरेको स्मरण गरे।

प्रतिकुल अवस्थाका कारण यो अभियान सफल हुन नसकेको भन्दै उनले अवस्था सहज हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गरे।

सरकारले घुमफिरको वातावरणलाई सहज बनाउन काम गरिरहेको भन्दै फोटो प्रदर्शनी जस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरे।

पछिल्लो समय चीनले अघि सारेको बीआरआई कार्यक्रममा नेपाल समेत सहभागी भएको भन्दै उनले यसले आर्थिक विकास र समृद्धिमा ठूलो भूमिका खेल्ने बताए।

- ५ मंसिर २०७७, शुक्रबार १७:०१ मा प्रकाशित