रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

तिलोत्तमा।  भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले बताए।

उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि नतिजा २४ गते अस्पताल भर्ना गरिएको थियो।

उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

 

- ६ मंसिर २०७७, शनिबार १५:५३ मा प्रकाशित