नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाँ। नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।

योसँगै कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ। उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

शनिबार थप ७ जना संक्रमितको मृत्यु भएको थियो भने दुई हजार ३२३ जना कोरोनामुक्त भएका थिए।

- ६ मंसिर २०७७, शनिबार १६:५५ मा प्रकाशित