पार्टी दुई कुराका आधारमा मात्रै चल्छ : अध्यक्ष प्रचण्ड

पार्टी दुई कुराका आधारमा मात्रै चल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चल्ने दुई आधार भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले दिएका दुई आधार हुन् विचार-राजनीति र विधि-पद्धति।

उनले साममाजिक सञ्जालमा लेखेका छन् ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ। एउटा विचार-राजनीति। र दोस्रो विधि-पद्धति’।

प्रचण्डले सन्दर्भ नखुलाए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ। पछिल्ला केही हप्ता नेकपाभित्र दुई पक्षबीच विवाद रहँदै आएको छ।

पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

- ६ मंसिर २०७७, शनिबार १७:३८ मा प्रकाशित