एटलेटिको द्वारा बार्सिलोना पराजित, बार्सिलोनालाई सिजनको तेस्रो हार

Bichar Desk 3
Football, खेलकुद
एटलेटिको द्वारा बार्सिलोना पराजित, बार्सिलोनालाई सिजनको तेस्रो हार

७ मंसिर, काठमाडौं। एट्लेटिको मड्रिडले १० वर्षपछि स्पानिस ला लिगामा बार्सिलोनालाई हराएको छ। गएराति भएको खेलमा यानिक कारास्कोको एक मात्र गोलको मद्दतमा एट्लेटिकोले बार्सिलोनालाई १-० ले स्तब्द पारेको हो। पछिल्लो पटक एट्लेटिकोले ला लिगामा बार्सिलोनालाई १० बर्ष अगाढी २-१ ले पराजित गरेको थियो।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा कारास्कोले पहिलो हाफको इन्जुरी टाइममा १ निर्णायक गोल गरेका थिए। यस खेल पश्चात एट्लेटिको २० अंक बटुल्दै शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।

उता बार्सिलोना भने सिजनको तेस्रो हारपछि ८ खेलबाट ११ अंकसहित १०औं स्थानमा रहेको छ।

- ७ मंसिर २०७७, आईतवार १०:५६ मा प्रकाशित