मोहम्मद सालाह कोरोना संक्रमण मुक्त

Bichar Desk 3
Football, खेलकुद
मोहम्मद सालाह कोरोना संक्रमण मुक्त

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सालाह कोरोना संक्रमणमुक्त भएका छन्।

आफ्नो भाइको विवाह पार्टीमा हुँदा सलाहलाई १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि दोस्रो परिक्षणमा पनि उनमा कोरोना पोजेटिभ नै देखियो।

तेस्रो पटकको परिक्षणमा सालाह कोरोना संक्रमणमुक्त भएका हुन्। सलाह कोरोनामुक्त भएसँगै लिभरपुल क्लबलाइ ढुक्क महसुस भएको छ। सालाह सोमबारदेखि नै लिभरपुलको टिम प्रशिक्षणमा जोडिने प्रशिक्षक क्लोपले जनाएका छन्।

- ८ मंसिर २०७७, सोमबार १२:२९ मा प्रकाशित