सन्तान नहुनेलाई सन्तान दिने दुप्चेश्वर महादेवको दर्शन गरि महिमा पढ्नुहोस

सन्तान नहुनेलाई सन्तान दिने दुप्चेश्वर महादेवको दर्शन गरि महिमा पढ्नुहोस

काठमाडौँ। निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवायुवतीलाई जोडि मिलाइदिने, जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल हो दुप्चेश्वर।

त्यहाँ शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला लाग्ने गर्दछ। दोस्रो पशुपतिनाथले चिनिने यो मन्दिरमा धान्यपूर्णिमाको अवसरमा एक सातासम्म विशेष मेला लाग्ने गर्छ।

विशेषगरी सन्तान नभएका दम्पत्तीहरु सन्तान हुने विश्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन्। बोली नफुरेका बालबालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा बोली फुर्ने र दाम्लो चढाएमा नभ्याएका गाई व्याउने जनविश्वास रहेको छ।

पौराणिक कथनअनुसार सयौं वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको स्थानीय दुप्चेश्वर माविका शिक्षक बलराम आचार्यले बताए।

दुप्चेश्वर महादेव सबै धर्मको आस्थाको केन्द्रसमेत रहेकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीयले बताएका छन्।

सदियौं वर्ष पहिले राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले बाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएको उनले बताए।

अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनेर दुप्चेश्वरको प्रख्याती छ।समुद्र मन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइकुण्ड गएको किंवदन्ती पनि छ।

- ८ मंसिर २०७७, सोमबार १३:१९ मा प्रकाशित