बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने

बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने

काठमाडौं। यस बर्ष बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने भएको छ।

हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन एकादशी मेला लाग्दै आएको थियो। तर कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण यस बर्ष एकादशी मेला नलाग्ने भएको हो।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्द गरिएको छ। आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजनको भीड लाग्ने गरेको थियो।

- ९ मंसिर २०७७, मंगलवार ०७:४२ मा प्रकाशित