दोलखा भीमसेनलाई पसिना आयो, देशमा अनिष्ट हुने मान्यता

दोलखा भीमसेनलाई पसिना आयो, देशमा अनिष्ट हुने मान्यता

दोलखा। दोलखाको प्राचिन ऐतिहासिक मिन्दर भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ।

मंगलवार भीमसेनको शिलामा पसिना आएको हो।

शीलाको दायाँबाट पसिना आउँदा शासकमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ। तर यसपटक दायाँबायाँबाट नै पसिना आएको छ।

भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गर्ने गरिएको छ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन्।

- ९ मंसिर २०७७, मंगलवार १६:०० मा प्रकाशित