दोलखाको भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने

दोलखाको भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने

काठमाडौँ। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनको भनाइ छ। शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास रहिआएको छ।

- ९ मंसिर २०७७, मंगलवार २१:२६ मा प्रकाशित