प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट,राष्ट्रपतिलाई भेटी वेई स्वदेश फर्किने

प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट,राष्ट्रपतिलाई भेटी वेई स्वदेश फर्किने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले शिष्टाचार भेट गरेका छन्।

नेपालको एक दिने भ्रमणमा आएका रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा आइतबार साँझ शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

रक्षामन्त्री फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको बताएका छन्।चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल भ्रमणमा आएको बताए।

आइतबार बिहान काठमाडौं आइपुगेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आजै स्वदेश प्रस्थान गर्नेछन्।

- १४ मंसिर २०७७, आईतवार १७:३९ मा प्रकाशित