एकै विद्यालयका ११ सहित थप १७ शिक्षकमा कोरोना पुष्टि

एकै विद्यालयका ११ सहित थप १७ शिक्षकमा कोरोना पुष्टि

सुर्खेत। सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो। पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ।

विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ। नगर स्वास्थ्यशाखाका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो। सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ।

नगरका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो। अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको बताइएको छ।

- २८ मंसिर २०७७, आईतवार १५:५९ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक