
काठमाडौं। मार्गशीर्ष मासको अमावास्य अर्थात् सोमवार (१४ डिसेम्बर) आज सूर्य ग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट भने देखिने छैन। नेपाली समयानुसार यो बेलुका ७ : १८ बजे शुरु हुनेछ।
यसको मध्यकाल १० बजे र राती १२ः३८ मा सकिनेछ। नेपालमा ग्रहणको समय राती रहनेछ। अन्तिम सूर्य ग्रहण दक्षिण अमेरिका, दक्षिण पश्चिम अफ्रिका, एटलान्टिक, हिन्द र प्रशान्त महासागरका केही भागबाट देखिनेछ।
यो ग्रहण वृश्चिक राशिको धनिष्ठा नक्षत्रमा लागिरहेको छ। यो समय मकर राशिमा गुरु र शनिको युति बन्नेछ।
- २९ मंसिर २०७७, सोमबार १०:१८ मा प्रकाशित