यसरी बनेका थिए बाहुबलीको भल्लालदेव राणा दग्गुबाती

यसरी बनेका थिए बाहुबलीको भल्लालदेव राणा दग्गुबाती

एजेन्सी। साउथ सुपरस्टार राणा दग्गुबाती १४ डिसेम्बरमा आफ्नो जन्मदिन मनाइरहेका छन्। उनको एउटा लामो फिल्मी यात्रा छ, उनले थुप्रै उत्कृष्ट फिल्ममा काम पनि गरे।

उनलाई थुप्रै अवार्डबाट सम्मानित पनि गरियो। तर पनि राणालाई धेरैले भल्लालदेवको रुपमा याद गर्छन्। देशको सबैभन्दा सफल फिल्म बाहुबलीको एक सशक्त भूमिका भल्लालदेव पात्र आज पनि सबैको मनमा ताजा छ।

फिल्ममा बाहुबली बनेका प्रभास मुख्य भूमिकामा थिए। तर राणा बिना यो फिल्मबारे कसैले सोच्न सक्दैनन्। भल्लालदेव बन्नका लागि राणाले निकै मिहिनेत गरेका थिए। उनले यति लगनबाट काम गरे कि उनले यो फिल्मको तयारीको क्रममा आफ्नो शरीरलाई शारीरिक रुपमा निकै तगडा बनाउनुपर्यो।

भल्लालदेवको भूमिकाका लागि राणाले दैनिक ४ हजार क्यालोरी लिनुपर्दथ्यो। यति ठूलो इनटेकका लागि नायकले एकदिनमा ४० वटा अण्डा खान्थे। यसबाहेक उनी जिममा दैनिक ८ घण्टा पसिना पनि बगाउँथे।

भल्लालदेव बन्नका लागि राणाले एक दिनमा ८ पटक खाने गर्दथे। हरेक दुई घण्टामा भात पनि खाने गर्दथे। नायकका अनुसार यो भूमिकाका लागि उनले आफ्नो तौल सय किलोसम्म गरेका थिए।

राणा दग्गुबातीले बलिउडका थुप्रै फिल्ममा काम गरेका छन्। उनले बिपाशा बसुसँग पनि फिल्म गरेका छन् र उनले अक्षय कुमारसँग पनि स्क्रिन सेयर गरेका छन्। उनले बलिउडमा कम समयमा नै विभिन्न भूमिका निर्वाह गरेका छन्।

 

- २९ मंसिर २०७७, सोमबार १०:५० मा प्रकाशित