अध्यादेश फिर्ता लिन ओली सहमत

अध्यादेश फिर्ता लिन ओली सहमत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ।

यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन्।

एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन्।प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए।

- १ पुष २०७७, बुधबार १६:२३ मा प्रकाशित