संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी

संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुर्ननिर्माण गर्ने भन्दै माघ २९ गतेसम्म पुत्ला दहनरमसाल जुलुस जस्ता विरोध कार्यक्रम गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्ने भनिएको छ।

बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले बताए। पार्टी समायोजन कार्यक्रम सँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए।

- १६ माघ २०७७, शुक्रबार १४:५६ मा प्रकाशित