कोरोनाका कारण अमेरिकामा ४ लाख ६६ हजारको मृत्यु

कोरोनाका कारण अमेरिकामा ४ लाख ६६ हजारको मृत्यु

काठमाडौँ – कोरोनाका कारण अमेरिकामा ४ लाख ६६ हजार हजारको मृत्यु भएको छ । त्यहाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५२३ संक्रमितको मृत्यु भएको बताईएको छ ।
यो सँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या जम्मा ४ लाख ६६ हजार ९८८ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७० लाख ३१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

- २३ माघ २०७७, शुक्रबार १०:२१ मा प्रकाशित