मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि नेप्से बढ्यो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि नेप्से बढ्यो

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको भोलिपल्ट सोमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहको सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको हो । मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने चर्चा चलेको थियो तर सेयर धितो कर्जाको विद्यमान व्यवस्था यथावत राखेको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालो लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ । कारोबार रकममा उत्साह नै देखिएको छ । दिनभर २ करोड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ माथि कारोबार पुगेको छ ।

- ३ फाल्गुन २०७७, सोमबार १६:१९ मा प्रकाशित