ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको हो । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको छ ।

झडपमा प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका हुन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले जानकारी दिए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएका छन् ।

- ४ फाल्गुन २०७७, मंगलवार १५:१५ मा प्रकाशित