सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

७ फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावाला सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज तेजावी सुनको भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ भने चाँदीको प्रतितोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

- ७ फाल्गुन २०७७, शुक्रबार १४:०० मा प्रकाशित