बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

९ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु. ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु. ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार रु. ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा रु. ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार रु. ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । त्यस्तै तोलामा रु. एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा रु. २५ ले वृद्धि भएको हो । चाँदी तोलामा रु. एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

- ९ फाल्गुन २०७७, आईतवार १३:३५ मा प्रकाशित